भिङखालका दुई जना महिलालाई झाडा बान्ता, सरोकारवाला निकायको ध्यान जान जरुरी !

दिनेश शर्मा, बागलुङ २०७५ जेठ ५ । झाडा बान्ताबाट बडीगाड गाउपालिका ६ भिङखाल गोखारका एकै घरका ५ जना र छिमेकी ७ जना गम्भीर बिरामी पर्नेहरुमा ११ जनाको अवस्था सुधारोन्मुख रहेपनि एक जना मनिकला थापाको अवस्था स्थिर रहेकाले थप उपचारका लागी आज दिउँसो खारबजार स्थित बडीगाड हस्पिटलमा भर्ना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रका अहेब चित्र अर्गेजाले बताए ।

बिरामी परेर आफ्नै घरमा उपचार गराई रहेकाहरुको स्याहारमा पुगेका खाल बजारका थप दुई जना महिलालाई आज झाडाबान्ता भएको छ र एक जना महिलालाई त्यस्तै लक्षण देखिए पछी स्थानीयबासी त्रसित बनेका छन् ।

समय मै जिल्लाबाट स्वास्थ्य टोली आएर झाडा बान्ताको कारणको परीक्षण गरिनु पर्ने भन्दै सरोकारवाला निकायहरुको स्थानीयबासीले ध्यानाकर्षण गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *