निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक मुलक बनाउन कृषकलाई मिनिटेलर वितरण – गैरे

मित्र खरेल, गल्कोट २०७५ जेठ ५ । गल्कोट नगरपालिकाको कृषि विकास शाखाले शुत्रबार एक कार्यक्रमका बिच किसानहरुलाई विटिएल ब्राण्डका पावर टिलर वितरण गरेको छ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिका अन्तरगत रहेका किसानहरुलाई निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक मुलक बनाउनका लागि नगरपालिकाले यो कार्यक्रम ल्याएको जानकारी दिए ।

गैरेले विदेशी मुलुकमा गएर पसिना बगाएर फर्किन बाध्य भएकालाई स्वदेशमै व्यवसायिक, आधुनिकीकरण र यान्त्रिकरण गरि कृषिमा फ्ड्को मार्ने कार्यक्रम नगरपालिका मार्फत ल्याइने हुदाँ गल्कोटबासी सबैमा कृषि पेसामा लाग्न आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाको सानो सहयोगले पनि किसानहरुलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने भएको हुदाँ उक्त मिनिटेलर वितरण गरिएको कृषि शाखा प्रमुख डि एन दाहालको भनाई थियो । गल्कोट नगरपालिका भित्रका ११ वटा वडामा २७ ओटा मिनिटेलर वितरण गरिएको कार्यक्रममा गल्कोट नगरपालिका भित्र मिनिटेलरको वर्कसप राख्नुपर्ने र कृषिमा लागेका सबै किसानहरुलाई मिनिटेलर पु¥याउनुपर्ने किसानहरुले माग गरेका थिए ।

कार्यक्रममा विटिएल कम्पनीका प्रतिनिधी निलकण्ठ शर्मा किसान प्रतिनिधि यम बहादुर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा नं ३ का अगुवा कृषक गुमानसिँह खत्रीको अध्यक्षता र कृषि शाखा प्रमुख दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *