दमेकमा नि:शुल्क स्वास्थ्य शिविर : स्वास्थ्य क्षेत्रमा जैमिनी नगरपालिकाले लगानी बढाउने !

नारायण रिजाल, कुस्मीसेरा २०७५ जेठ ५ । जैमिनी नगरपालिका ३ दमेकमा २ दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार देखी सुरु भएको छ ।
लायन्स क्लब अफ बागलुङ कालिका र जैमिनी नगरपालिका वडा न. ३ को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमका विच शिविरको उदघाट्न गरिएको छ ।

उदघाट्न कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले स्वथ्य समाज निर्माणका लागि स्थानिय तहले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने बताए । उनले आम सर्वसाधारणको स्वास्थ्यलाई ख्याल राख्दै यस्ता खालका शिविर समय समयमा संचालन आवश्यक रहेको बताए । स्वास्थ्य नै ठुलो धन हो भनी आत्मसाथ गर्दै यस प्रति सवैको चासो हुन जरुर रहेको छ पौडेलले भने ‘आम नागरिकको स्वास्थ्य प्रति ख्याल गर्दै शिविर संचालन गरेकोमा आयोजकलाई धन्यबाद ।’

सो अवसरमा उनले दमेकको उपल्लो क्षेत्र पर्यटकीय सभ्भावना भएको क्षेत्र हुनाले यसको विकासका लागि नगरपालिकाले जोड दिने बताए ।
कार्यक्रममा जैमिनी नगरपालिका कार्यपालिका सदस्य लाल बहादुर परियार नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, धौलागिरी अंचल अस्पतालका मेडिकल अधिकृत डाक्टर सुजन गौतम लगायतले बोलेका थिए ।

जैमिनी नगरपालिका वडा नं. ३ का अध्यक्ष बेद बहादुर छन्त्यालको अध्यक्षता लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष चन्द्रप्रसाद रेग्मीको स्वागत र सचिव शिव केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शिविरका करिब ४ सय भन्दा बढिको स्वास्थ्य जाँच गरिने आयोजकले जनाएको छ । स्थानिय भरतपुरी माध्यामिक विद्यालयमा संचालन भएको शिविरमा नाक,कान,घाँटी, दाँतको परिक्षण लगायत सामान्य चिकित्सा सेवा प्रदान गरिने छ ।

शिविर संचालनका लागि जैमिनी नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, धौलागिरी अंचल अस्पताल, मुक्तिनाथ अस्पताल लगायतका संस्थाहरुको सहयोग रहेको लायन्स क्लबका अध्यक्ष चन्द्र प्रसाद रेग्मीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *