झाडा बान्ताबाट बडीगाड- ६ भिङखाल गोखारमा एकै परिवारका ५ जना सहित १२ जना बिरामी !

दिनेश शर्मा बागलुङ २०७५ जेठ ४ । बडीगाड गाउपालिका ६ खाल गोखारमा एकै घरपरिवारका पाँच जना सहित १२ जना बिरामी परेका छन।

छिमेकीको रुपमा रहेका ३ घरपरिवारका १२ जना बेलुकी खान पिन गरेर सुते पछि बिहान देखि बान्ता हुने पखाला लाग्ने ज्वरो आउने समस्या देखिएको सामुदायिक स्वास्थ्य इकाइ खालका अ हे ब चित्र अर्गेजाले बताए ।

एक्कासी बिरामी पर्नेहरुमा एका घरका चन्द्रकुमारी थापा, सनम थापा, तुनसी थापा, सन्ध्या थापा, र सनम थापा, रामसिंह थापा मनिकला थापा, श्याम थापा, कल्पना थापा, निरु थापा, तारा थापा र जमुना नेपाली रहेका छन् ।


उक्त समस्या गम्भीर बन्दै गएपछी भिङगिठे स्वास्थ्य चौकी र बडीगाड गाउपालिकाबाट औषधि ल्याइ उपचार सुरु गरिएको भिङगिठे स्वास्थ्री चौकी प्रमुख बिपेन्द्र प्रताप केसी बिजयले बताए।

बिरामीहरुलाइ घरमै उपचार गरिएको र अवस्था केही सुधार हुँदै गएको बताउदै आफू बिहान ७ बजे देखि नै बिरामी सङ्गै रहेको र के कसरी यस्तो भयो भन्ने बिषय मा अनुसन्धान भइरहेको अ हे ब अर्गेजाले ईबागलुङ लाई बताए ।

बिरामीहरुले हिँजो रातिको खान सामान्य खाएको बताएका छन् । एकैचोटी १२ जनालाई झाडाबान्ता भएपछी छिमेकी र आसपासमा हैजाको आशंका गरेर त्रसित बनेका छन् । स्वास्थ्यकर्मीहरुले यसलाई बिशाक्त भोजनका कारण हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि यहिकारण हो भनेर ठम्याउन नसकिएको बताएका छन् । बिरामीहरुलाई उच्च ज्वरोको चाप भएकाले कुनै आँठे हो कि भन्ने स्थानीयले आशंका गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *