प्रहरीको लागु औषध सम्वन्धी सचेतना कार्यक्रम : रणसिँहकिटेनीलाई लागुऔषध मुक्त क्षेत्र बनाउन आग्रह !

दिनेश शर्मा बागलुङ २०७५ जेठ ४ । बडीगाड गाउँपालिका रणसिङकिटेनीमा बिकृती,बिसङ्गती रहित समाजको निर्माण , शान्ति सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ लागू औषध सम्बन्धि सचेतना तथा अन्तर्कृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यलय बागलुङ इलाका प्रहरी कार्यलय बुर्तिबाङको समन्वय र र्इलाका प्रहरी कार्यलय भिङगिठेको आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा बडीगाड गाउपालिका वडा न ८ का अध्यक्ष यम बहादुर श्रीस, इ प्र का भिङगिठेका प्रहरी नायब निरीक्षक भोज बहादुर बानिया वडा सचिव ओम बहादुर रेश्मी, जनप्रतिनिधिहरु शिक्षक बिद्यार्थी र आम सर्बसाधारणको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक बानियाँले लागू औषध ,घरेलु हिँशा, जबर्जस्ती करणी ,ट्राफिक सचेतना लगायतका बिषयमा प्रकाश पारेका थिए । उनले लागु औषध चरेसको उत्पादनमा नलाग्न सल्लाह दिँदै अन्य व्यवसाय गरेर आम्दानी गर्न सल्लाह दिएका थिए ।

प्रनानि बानियाँले यसो भनि रहँदा स्थानीयले यहाँको जग्गामा मकै आदि अन्न बाली हुँदैन हामीले के गरेर जीविका चलाउने भन्ने प्रतिपश्न गरेको थिए । चार महिना पहिले प्रहरीले रणसिँहकिटेनीमा गाँजाका बोट फँडानी गर्ने अभियान सन्चालनमा ल्याएको थियो ।

स्मरणीय के छ भने बागलुङ जिल्लाको निसीखोला र बडीगाडको रणसिँहकिटेनीलाई बढी लागु औषध चरेस उत्पादन हुने क्षेत्रको रुपमा चिनिदै आएको छ ।

कार्यक्रम इ प्र का भिङगिठेका प्रहरी हवल्दार यम बहादुर रुचाल लेसहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष यम बहादुर श्रीस ,स्थानिय जित बहादुर घर्ती ,सचिब ओम बहादुर रेश्मी, सदस्य भिम बलाल सन्चारकर्मी दिनेश शर्मा लगायतले बोल्दै रणसिङकिटेनी लाई लागुऔषध मुक्त बनाउन पहल गर्न स्थानिय लाई अनुरोध गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *