नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसियालीमा गल्कोटमा चियापान कार्यक्रम

घनश्याम गौतम, गल्कोट २०७५ जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओबादी केन्द्रबिच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसियालीमा गल्कोटमा चियापान कार्यक्रम सम्पन्न भएका छ ।

कार्यक्रममा बोल्दै पुर्ब नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज फमलाल निउरेले नेपालमा समाजबाद कार्यान्वयन गरि समृद्ध नेपाल बनाउनको लागी नपालमा रहेका दुई ठुला कम्युनिष्ट पार्टी बिच भएको भन्दै एकता एतिहासिक कोशेढुङ्गा भएको बताए । अन्तराष्ट्रिय रुपमा तरङ्ग ल्याउने गरि भएको एकता नेपाली जनताको चाहाना, जनभाबना अनुसार भएको उनको दाबी थियो ।

चियापान कार्यक्रममा पुर्ब सभाषद क्याप्टेन पुर्णबहादुर राना, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, ूुर्ब नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेपाली कंगेशका जिल्ला सदस्य फम खत्री, राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिकाका सयोजक टंक बहादुर केसी, बामपन्थी महिला संगठन गल्कोट नगरपालिकाकी सयोजक कौशिला घर्ती र गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतमले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमा पुर्ब नेकपा माओबादी केन्द्र गल्कोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीको अध्यक्षता कार्यक्रममा पुर्ब नेकपा माओबादी केन्द्र गल्कोट नगरपालिकाका उपाध्यक्ष गंगा भुजेलको स्बागत तथा पुर्ब नेकपा एमाले गल्कोट नगरपालिकाका उपसंयोजक पदम कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *