पर्वत मोदी गाउपालिकामा महिलाको नेतृत्वबिकास तथा वाककला तालिम सुरु !

निर्मल पौडेल, पर्वत २०७४ जेठ ४ । पर्वतको मोदी गाउँपालिकामा शुक्रबार देखी महिलाहरुका लागि नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ । मोदि गाउँपालिकाको अआयोजना र सामुदायीक रेडियो कुशुमको समन्वयमा ५ दिने तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सेती महतले महिलाहरुको बोल्ने कलामा बिकास गर्दै उद्यम र आर्थिक बिकास सँग जोड्नु पर्नेमा जोड दिएकी थिईन । महिलाहरुले अवसर नपाएका कारण पछाडि परेको भन्दै महतले चौतर्फी बिकासको लागि वाककला महत्वपुर्ण रहेको बताईन् ।

२५ जना महिला जनप्रतिनिधि तथा बिभिन्न संघ संस्थाको नेतृत्व तहमा रहेका महिलाहरुको तालिममा सहभागीता रहेको छ ।

जेठको ८ गते सम्म सञ्चालन हुने तालिमको बरिष्ठ पत्रकार दुर्गा प्रसाद शर्मा, राजेन्द्र पहाडि, गोविन्द पहाडी, तारानाथ आचार्य, कृष्ण अँखेली र अर्जुन थापाले सहजीकरण गर्ने छन् । शुक्रबार भएको उद्घाटन कार्यक्रम मोदि गाउँपालिका वडा नं २ का वडा अध्यक्ष विकास तिमिल्सिनाको अध्यक्षता र रेडियो कुशुमका स्टेशन प्रमुख कृष्ण अँखेलीले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *