आजको तस्बीर : बोहोरागाउँ स्वास्थ्य चौकीमा देखिएको गरीबीको पीडा !

निसीखोला, २०७५ जेठ ४ । आफुमा अन्तरनिहीत मानवीय भावनालाई बाँड्ने सशक्त माध्यम सामाजिक सन्जाल फेसबुक बनेको छ । हिँड्दा डुल्दा होस या कर्तव्यपालनको सिलसिलामा होस जब आफ्नो सामुन्ने कुनै सुखद क्षणको अनुभूति हुन्छ वा हृदयविदारक दृश्य उपस्थित हुन्छ त्यसको विषयमा मनमा उठेको बिचार वा भावनालाई कसैसंग बाँडन सजिलो र भरपर्दो माध्यम हो फेसबुक ।

त्यस्तै फेसबुक मित्र प्रकाश घिमिरेले जेठ ३ गते राति, बोहोरागाउँ स्वास्थ्य चौकीमा उपचारार्थ ल्याईएको एउटा बिरामी बच्चाको टीठ लाग्दो तस्वीरलाई आफ्नो फेसबुकमा अपडेट गरेर सटिक टिप्पणी सहित आफ्नो भावनालाई यसरी प्रकट गरेका छन्, ‘देसमा लोकतन्त्र आयो स्वास्थ्य मौलिक हक रे यो वच्चा निसि गा वि स को जोसग ऊपचार गर्ने पैसा छैन वोहोरागाऊ स्वा चौकिमा लिएरआउदा जिवनमरणको दोसाधामा छ ।’ लेखाई छोटो छ, तर यसले भन्न धेरै खोजेको छ… ।

हाम्रा नेताहरु पेट दुखे सरकारी खर्चमा एयर एम्बुलेन्स चढेर बिदेश उड्छन यता बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेका निसीखोला गाउपालिकाका गरीब जनताहरु पैसा नभएर जीवनजलको अभावमा आफ्ना सन्तानको उपचार गर्न छट्पटाई रहेका छन् । मरणासन्न अवस्थामा पुगेको आफ्ना सन्तानलाई लिएर स्वास्थ्य चौकी धाईरहेका छन् । बिचराहरुको नसीब स्वास्थ्य चौकी सम्ममात्रै सीमित रहेको छ ।

* बिरामी बच्चाको उपचारको लागि केहि सहयोग गर्न वा केहि कुरा जान्न चाहेमा टोपबहादुर चन्द मोबाईल नं ९८६७६९२२७१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply