गजल : वारपारको एउटा लडार्इँ लड्नु छ,आमा !

के चर्चा वनाउछौ खै वद्नाम समाएर
वरु नाम कमाउ राम्रो काम समाएर

उहाँ आज सरकारको मुख्य हुनु भाछ
हेर्नुस् हिजो चोकमा चक्काजाम समाएर

स्वतन्त्र हुँ भन्नुहुन्छ स्वाभिमानी भन्नुहुन्छ
छिमेकीले हिँडाएको छ लगाम समाएर

वारपारको एउटा लडार्इँ लड्नु छ आमा
त्यो सीमानामा सिरुपाते फलाम समाएर

निर्मल पौडेल एन.पि घायल
पर्बत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *