मुटुरोगीहरुको रक्त परीक्षण गर्ने पीटी/आइएनआर मेशिन हस्तान्तरण !

नारायण गौतम, बागलुङ २०७५ जेठ ३ । केहि दिन पहिले बागलुङ स्थित मुक्तिनाथ हस्पिटलमा आयोजित एक दिने नि:शुल्क मुटु शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट ल्याईएको पीटी/आइएनआर (PT/INR)मेशिन आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

प्रत्यक हप्ताको बिहीबार हुने रोटरी क्लबको साप्ताहिक बैठकमा उक्त मेशिन रोटरी क्लब अफ बागलुङका उपाध्यक्ष ध्रुब शर्माले रोटरी क्लब अफ बागलुङका सचिव शिव केसीलाई हस्तान्तरण गरेका थिए ।

करीव एक लाख मुल्यको सो मेशिनबाट मुटुको शल्यक्रिया गरेर औषधि सेवन गरिरहेका बिरामीहरुको रगत कति पातलो छ भनि परीक्षण गरिन्छ । सो मेशिन स्थानीय सफल पोलिक्लिनिकमा राखिने र न्यूनतम शुल्क लिएर बागलुङ, म्याग्दी र पर्वतका मुटुरोगीहरुको रक्त परीक्षण गरिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *