बडीगाड- ६ ठुलीबेसीमा दुई मोटरसाईकल एकापसमा ठोक्किदा चालक घाईते !

बुर्तिवाङ २०७५ जेठ ३ । अहिले साँझ साढे ७ बजेको समयमा बडीगाड गाउपालिका वडा नं ६ ठुलीबेसीमा दुई मोटरसाईकल एकापसमा ठोक्किदा दुबै मोटर साईकलका चालकहरु घाईते भएका छन् ।

खार बजारदेखी खाल बजार जाँदै गरेको लु ४० प ६३७९ नं को मोटरसाइकलका चालक स्थानीय सुनिल घिमिरे र बुर्तिवाङबाट खर्वाङ तर्फ आउदै गरेको नापी कार्यालय बुर्तिवाङको ध १ ज १६९ नं को मोटर साईकलका चालक नापीका कर्मचारी आशिष जीसी घाईते भएका हुन् ।

घाईते दुबै चालकहरुको खार बजार स्थिा बडीगाड हस्पिटलमा उपचार पछि निजहरुको थप उपचारका लागि दुई एम्बुलेन्समा राखी पोखरा रिफर गरिएको सहकर्मी गुन्जन प्रताप सिँहले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *