आईएमओ कल मार्फत रु २५ लाख चिट्ठा परेको भनी महिला ठग्ने ठग प्रहरी नियन्त्रणमा !

बागलुङ २०७५ जेठ ३ । बागलुङ जिल्लामा आईएमओ कल मार्फत ठगी गरेको पहिलो घटना प्रकाशमा आएको छ । बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी करीब ३५ वर्षकी विष्णु नेपालीले आफुलाई आईएमओ कल मार्फत रु २५ लाख चिट्ठा परेको भनी ठगी गरेको निवेदन जिल्ला प्रहरी कार्यालय बागलुङमा दिएपछी यस ठगी घटनाका अपराधी गुल्मी जिल्ला मालिका गाउपालिका वडा नं ६ का वर्ष २८ का पोमबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी मार्फत नियन्त्रणमा लिएर कार्बाही अघि बढाईएको प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले ईबागलुङलाई बताए ।

पीडित नेपालीले आफुलाई चिट्ठा परेको जानकारी दिएर पहिलो किस्ता रु ३५ हजार गुल्मीमा रहेका प्रभु बैँकको खातामा जम्मा गरिसकेको र थप ६५ हजार रुपयाँ खातामा जम्मा गरी चिट्ठाको २५ लाख लिन सकिने छ भनेपछी आफु ठगीमा परेको शंका लागी जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिन आएपछी घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिँदै प्रनाउ थापाले निज खत्रीले यस ठगी धन्धामा अरु क कस्लाई फसाएका छन् त्यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले दिएको जानकारी अनुसार निज खत्रीले प्रभु बैंक शाखा कार्यालय गुल्मीमा रहेको १२९१०७०१०१४६३४०००००१ खाता नंमा रकम जम्मा गरी उक्त रकम प्राप्त गर्न सकिने जानकारी पीडित नेपालीलाई गराएका थिए ।

जिप्रकाका प्रनानि दामोदर भट्टराईका अनुसार काठेखोला गाउपालिका साबिक पाला गाविस स्थायी बसोबास भै हाल बागलुङ नगरपालिका १ बस्ने पीडित नेपालीले दिएको उजुरीका आधारमा २०७५ बैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा पत्राचार गरी निज अभियुक्त खत्रीलाई नियन्त्रण लिएर बागलुङमा ल्याई बुधवार नै जिल्ला अदालत बागलुङबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *