प्रवास : जापानमा बागलुङ ताराखोलाकी महिलाव्दारा आत्महत्या !

रिश्मेली मेघराज, जापान २०७५ जेठ ३ । जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पूर्णा थापाले मंगलबार आत्महत्या गरेकी हुन् । मृतक थापाका एक छोरा एक छोरी नेपालमै छन् । उनी बिहान सम्म राम्रै अवस्थामा रहेको र दिउँसो ३ बजेको समयमा बाथरुममा झुण्डिएको अवस्थामा देखेपछी उनका श्रीमान नर बहादुर थापाले प्रहरीलाई सूचना दिएको थिए । थापाले जापानमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

गल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाका सचिव तथा एनआरएनए ओशाकाका सहसचिव नर बहादुर थापाकी श्रीमती पूर्णाले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । उनले आफ्नै कोठाको बाथरुममा पासो लगाएर आत्महत्या गरेकी थिइन् । हाल थापाको पार्थिव शरीर ( 大阪市平野区瓜破東4-4-146। ) भन्ने ठाउमा राखिएको छ । उनलाई श्रदान्जली दिनका लागि आजसम्म राखिने पनि नेपाली एकता समाज क्षेत्रिय समिति ओसाकाले जनाएको छ ।

यसैवीच अध्ययनका लागी जापान रहेका ललितपरका २९ वर्षिय राजेन्द्र महर्जनको रहस्यमय मृत्यु भएको छ । उनको मृत शरीर पनि बाथरुममा झुण्डिएको अवस्थामा हिँजो बुधवार भेट्टिएको जनाईएको छ । उनि दुई/तीन दिन देखी साथीहरुबीच नदेखिए पछी खोजविन गर्दा उनको मृत शरीर उनी बस्ने कोठाको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको मृत्युको कारण थाहा हुन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *