पोखराको मेघा एफ एम छैटौं बर्षमा प्रवेश !

पोखरा, २०७५ जेठ ३ । मेघा एफएम ९५.४ मेघाहर्ज पाँचौं बर्ष पुरा गरी छैटौं बर्षमा प्रवेश गरेको अबसरमा जेठ २ गते वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

सो अबसरमा मेघा एफ ।एमका अध्यक्ष क्षेत्र बहादुर कुँवरले कर्मचारीहरुको खुलेर प्रशंसा गर्दै रेडियोमा परिमार्जन गर्नुपर्ने भएमा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले ३८ सालमा पत्रिका निकालेर संचारमा लागेको अनुभव बताउँदै इच्छा भएर पनि हाल सकृय भएर लाग्न नसकेको बताए ।

रेडियोका प्रबन्ध निर्देशक देशभक्त सिंह कुँवरले स्रोता बर्ग, बिज्ञापनदाता माया, कर्तव्यनिष्ठ कर्मचारीको अथक मिहेनत समाचारमा सांगीतिक धुन दिएर पोखराको रेडियोमा नौलो प्रयोग गरिएको बताए । संचारकर्मी हुनु सामान्य कुरा होईन । निरन्तर लागिरहने छौ। विभिन्न क्षेत्रका कार्यक्रम गर्ने छौं ।

दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाटले समाज परिवर्तनको सम्बाहक रेडियो भएकोले हरेक कार्यक्रम सर्वसाधारण जनमानसमा रुचि लाग्ने हुनुपर्ने बताए ।कार्यक्रम संयोजक अम्बिका राणा, पत्रकार ऋषिराम दाहाल, सुमन केसी, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन तिर्सना लक्ष्मी गुरुङले गरेकी थिइन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *