सहकारीका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

रनिश राना , बागलुङ २०७५ जेठ ३ । काठेखोला गाउँपालीका वडा नं. १ को आयोजनामा त्यहाँ स्थित सहकारी संस्थाका सञ्चालक समिति तथा उपसमितिहरुको लागि १ दिने सहकारी सम्वन्धि क्षमता अभिबृद्धि तालिम हालै सम्पन्न भएको छ ।

संस्था सञ्चालनका क्रममा आउने विभिन्न समस्या तथा चुनौतीहरुलाई समाधान गरी सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि आयोजना गरिएको तालिम कार्यक्रमको उद्घाटन नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथी पौडेलले सहकारी संस्थाका प्रत्येक सञ्चालकहरुमा सहकारी सम्वन्धि ज्ञान हुन जरुरी रहेको बताए । अवका सहकारी संस्थाहरु पुरानै तवरले सञ्चालन हुन नसक्ने भन्दै पौडेलले सञ्चालकहरुले वद्लीदो परिवेश अनुसारको नीति, विधि र प्रविधिलाई सहकारी संस्थामा लागु गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापा, जनसेवा साकोसका उपाध्यक्ष गोरे वि.क, नवप्रगती कृषि सहकारी संस्थाका सचिव शान्ति थापा, जनसेवा युवा क्लवका अध्यक्ष रनवहादुर थापा लगाएतले मन्तव्य राखेको थिए ।

पाला स्थित जनसेवा साकोस, पाला दुग्ध उत्पादक सहकारी संस्था, नवप्रगती कृषि सहकारी संस्था र शान्ति कृषि व्यवसायीक सहकारी संस्थाका सञ्चालक समिति उपसमिति र कर्मचारीहरु गरी करिब ८० जनाको सहभागीता रहेको तालिमको सहजिकरण नेफ्स्कूनका सञ्चालक पौडेल र जिल्ला सहकारी संघ लि. का सचिव थापाले गरेका थिए ।

कार्यक्रम काठेखोला गाउँपालीका वडा नं. १ का अध्यक्ष खड्क थापाको अध्यक्षता, स्वागत गम्भीरा थापा सञ्चालन जनसेवा सकोसका लीलाधर गौतमले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *