गल्कोटमा पहिलो पटक छोरीले दिईन बाबुको चितामा दागबत्ति !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस १८ । घरपरिवारमा कसैको मृत्यु भएपछि छोराले दागबत्ति दिनुपर्छ भन्न हिन्दु सामाजिक संस्कृतिलाई चिर्दै गल्कोटकी एक बालिकाले आफ्ना दिवंगत बाबुको चितामा दागबत्ती दिएकी छिन् । । गल्कोट दुदिलाभाटी- २ चारकुनेका ५८ बर्षिय चक्र बहादुर भण्डारीको चिता(शव)मा उनकी १४ बर्षिय छोरी स्मृति भण्डारीले दागबत्ति दिएको भण्डारीका नातेदार हेमन्त भण्डारीले बताए ।

स्वर्गिय भण्डारीका दुई छोरा जापानमा कार्यरत छन । छोराहरु आउन ढिला भएपछि छोरीले दागबत्ति दिएको स्वर्गिय भण्डारीका भाई हरिसिह भण्डारील इ-बागलुङलाई बताए ।

पछिल्लो समय गल्कोट क्षेत्रबाट बैदेशिक रोजगारिका लागी युवाहरु बिदेशिने क्रम बढेपछि घाउघरमा यस्तो समस्या देखिएको हो । रोजगारकै कारण युवाहरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गलकोटका अधिकांश गाँउघरमा कोहि मर्दा पनि घाटमा लैजाने युवाहरु नभएको स्थानियको गुनासो छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *