शंकरपोखरीका उदयीमान गायक सुमन परियारको ‘माया लाएरै हो…’ सार्वजानिक !

निर्मल पौडेल (एन पि घायल) पर्वत २०७५ जेठ १ । पर्वतको शंकरपोखरीमा जन्मेका सुमन परियारको लोक तथा दोहोरी गीत सार्वजानिक भएको छ । कोकिलकण्ठ जादुमय सुमधुर स्वरकी वहुचर्चित गायीका विष्णु माझि र सुमन परियारको माधुर्य स्वरमा सजिएको माया लाएरै हो वोलको गीत भर्खरमात्र वजारमा आएको हो । देवी म्युजिक सोलुसनले वजारमा ल्याएको गीतमा सुनिल केसीको शव्द र सुरज लामिछानेको लय रहेको छ ।

व्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको गीतमा सागर गौतमले छायाङ्कन गरेका छन् भने प्रदिप विष्टले सम्पादन गरेका छन् । चर्चित मोडल लिला गिरी र सागर थापाको उत्कृट अभिनय रहेको गीतले यतिवेला लोक साङिगतीक वजारमा हंगमा मच्चाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *