आर्क ढलान गर्दा भाँचिएको गल्कोट प्रवेश व्दारको निर्माणको जिम्मा पुरानै कम्पनिलाई ?

गल्कोट २०७५ जेठ १ । गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको सीमाना बिहुँ घोडाबाँधेमा निर्माणधीन प्रवेशव्दारको आर्क ढलान गर्नेक्रममा भाँचिएपछी रोकिएको निर्माण कार्य पुन पुरानै निर्माण कम्पनीलाई जिम्मा दिईएको छ ।

गल्कोट समाज जापानको रु १७ लाख सहयोगमा निर्माण भैरेहेको उक्त बहुप्रतिक्षित व्दारको गलकोट समाज जापान, गलकोट समाज गलकोट र निर्माण ब्यवसायी बिच भएको त्रिपक्षीय छलफलपछि प्रवेशव्दार निर्माण कार्य सुरु गर्ने निर्णय गरिएको गलकोट समाज गल्कोटका सहसचिव पूर्ण चोखालले बताए । चोखालका अनुसार पहिले ईन्जिनियर दिल बहादुर थापाले प्रवेशव्दारको खाका तयार पार्ने र सोहि अनुसार निर्माण कार्य सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

पहिले निर्माण गरिएका पिलरहरुबाटै निर्माण गर्ने गरि अन्य कार्य भने ईन्जिनियरको रोवहरमा गनुपर्ने गलकोट समाज जापानले निर्माण ब्यवसायीलाई निर्देशन दिएको छ ।

निर्माण कम्पनिको लापर्बाहीका कारण प्रवेशव्दार निर्माणको क्रममा ढलेको बताउदै आगामि दिनमा सहि तरिकाले काम गर्न गलकोट समाज जापानका उपाध्यक्ष कालिका थापाले आग्रह गरेका छन् ।

गल्कोटका निर्माण ब्यवसायी वीरजङ भण्डारी र जय बुढाथोकीले तत्काल ईन्जिनियरको स्टिमेट अनुसार काम अगाडि बढाउने बताएका छन । गत मंसिर महिना देखी निर्माण सुरु गरिएको सो व्दारको आर्क ढलान गर्ने क्रमममा भाचिएपछि २० दिन बढि निर्माण कार्य रोकिएको छ । १४ मिटरको दूरीमा व्दारका पिलरहरुबाट आर्क बनाउन लाग्दा ढलेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *