प्रकाश ढकालको निर्देशनमा ‘यहि मन्दिरमा कसम खाई’ म्युजिक भिडियो सार्बजनिक

खिमलाल पाण्डे, युएई २०७५ जेठ १ । युएईका केही रमणीय स्थलहरुमा अभिनय गरिएको आधुनिक गीत बजारमा आएको छ । बिकेश रोजको आवाजमा सजिएको उक्त गीतको भिडियो रोजगारको सिलसिलामा युएईमै रहेका नेपाली दाजुभाई दिदी बहिनीले गरेका हुन ।

युएईको फुजेराह, अल डिब्बा तथा बर दुबई वरीपरि छायांकन गरिएको ू यहि मन्दिरमा कसम खाई ू भन्ने आधुनिक गीतलाई बोहोरा इन्टरटेन्टमेन्ट ले बजारमा ल्याएको छ ।

दिनेश कुमार रोक्काको शब्द, कुमार थापाको एरेन्ज तथा बिष्णुहरी अधिकारीले संगीत भरेको उक्त भिडियोको निर्देशन प्रकाश ढकालले गरेका छन ।
उनले यस अगाडि करिब एक दर्जन भिडियोमा आँफै अभिनय गरेका थिए , उनि भन्छन निर्देशनमा यो पहिलो प्रयास हो, नयाँ ठाउँ नयाँ कलाकारहरु साथै भिडियोमा चाहिने सामग्री तथा सहि स्थान नमिल्दा धेरै दुख हुँदोरैछ।

टेकु खत्रीले छायांकन गरेको उक्त दृश्यको सम्पादन सुर्य कुमार बोहोराले गरेका छन । यहि मन्दिरमा कसम खाई भन्ने बोलको गितको भिडियोको अभिनयमा नयाँ अनुहारमा केशब ढकाल, सुर्य कुमार बोहोरा र सानू गैरेको रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *