बोवाङमा ज्येष्ठ नागरिक सम्मान : जेष्ठ नागरिक भगवान सरी – नगर प्रमुख नेपाली

झरना कँडेल बुर्तिवाङ २०७५ बैशाख ३१ । ढोरपाटन नगरपालिका वडा नं ७ बोवाङमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन नगरपालिकाबाट वडा नं ७ मा ज्येष्ठ नागरिकको हितमा छुट्याईएको ९० हजार बजेटबाट बृद्ध बृद्धाहरुलाई न्यानो ज्याकेट सहित सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख देबकुमार नेपालीले जेष्ठ नागरिकहरुको सम्मान गर्दै जेष्ठ नागरिकहरु अबिभावक मात्र नभएर भगवानसरी रहेकाले उनिहरुको स्याहार गर्ने जिम्मा सम्पुर्णको रहेको बताए । उनले बृद्धबृद्धाहरुका लागी सामाजिक भत्ता बढाउने देखी लिएर निशुल्क स्वास्य परीक्षणको ब्याबस्था गर्नका निम्ती नगरपालिकाले गृहकार्य गरिरहेको बताए । यस्ता कार्यक्रमहरु आगामी दिनमा अझै बृहत्तररुपमा गर्ने समेत नगरप्रमुख नेपालीले प्रतिबद्धता जनाए ।

सो अवसरमा वडा नं ७ का वडाध्यक्ष दिपक थापाले ज्येष्ठ नागरिक समाजको अग्रपंक्ती भएकाले ज्येष्ठ नागरिकको समस्यालाई पहिलो प्राथामिकता दिने बताए ।

कार्यक्रममा वडा नं ७ मा रहेका ७० बर्ष भन्दा माथिको उमेर समुहका ४९ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा ज्याकेट सहित सम्मान गरिएको थियो ।
वडा नं ७ का अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ७ का वडा सदस्य ताराप्रसाद बुढाको स्वागत मन्तब्य र सञ्चालन वडा नं ७ का कार्यलयका कर्मचारी धन बहादुर अदैले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *