बाँसखोलाको धार्मिक पाण्डुकेश्वर गुफा पुग्ने पदमार्गको नगरप्रमुख गैरेव्दारा उद्घाटन !

थम्मन थापा सन्देश, गल्कोट २०७५ बैशाख ३१। गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई निकै महत्वका साथ विकास, प्रचार प्रसारलाई तिव्रताका साथ अगाडि बढाईने बताएका छन् । गल्कोट नगरपालिका ९ र ७ मल्म न्याय खोलामा रहेको धार्मिक पर्यटकीय स्थल पाण्डुकेश्वर गुफा पुग्ने पर्यटन पदमार्गको उदघाटन गर्दै यस्तो बताएका हुन् ।

नगर प्रमुख गैरेले यहाँका पर्यटकीय स्थलहरुलाई हामी क्रमैसॅग विकासका पुर्वाधार निर्माण गर्ने कुरामा सदैव प्रतिवद्ध रहेको चर्चा गर्दै सम्पुर्ण नगरबासीलाई समृद्ध नगर निर्माणको अभियानमा सहयोग गर्न आग्रह समेत गरे । गुफाको स्थलगत अवलोकन पछि बोल्दै गैरेले भन यो गुफामा विचित्रका कुराहरु देख्न पाईने भएकोले समेत यसको विकास र प्रचार प्रसारमा सञ्चारकर्मी, जनप्रतिनिधि र स्थानियले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

गुफामा गाईको थुन, त्रिशुल, नागका चित्रहरु देख्न पाईन्छ । अझ अचम्मको कुरा के छ भनें गुफा भित्र रहेका गाईका थुन जस्ताबाट जति मानिस त्यहाँ गईन्छ त्यति नै पानीका धाराहरु बग्ने गरेको देख्न पाईन्छ ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले धार्मिक पर्यटकीय स्थल पाण्डुकेश्वर गुफाको विकास गर्दै पर्यटकहरुलाई भित्राउन पदमार्ग निर्माण गरिएको बताए ।

पदमार्ग निर्माण पछि गुफा सम्म पुग्न सहजता भएको थापाले बताए। गल्कोट नगरपालिकाको आर्थिक वर्ष २०७४(०७५ बाट रु ५ लाख विनियोजन भएको थियो भनें झण्डै ७० हजारको स्थानियले जनश्रमदान गरेका थिए । पदमार्ग निर्माण भए सॅगै अब आन्तरिक तथा बाह्य पर्यटकहरुको आगामनमा बृद्धी हुने पाण्डुकेश्वर पदमार्ग निर्माण समितिका अध्यक्ष सुवेदार तिलक बहादुर केसीले बताए। मल्म बाँसखोला र नाच्नेडाँडामा रहेको शिवालय मन्दिरहरुमा भजन कृतन सहित रातभर जागारम बसी बिहान शतबवज छर्दै न्यायखोलामा रहेको पाण्डुकेश्वर गुफामा पुगेर विसर्जन गरिन्थ्यो ।

गुफा भित्र अनौठा अनौठा आकृतिका तस्विरहरु त्रिशुल, गाईको थुन, नागको आकार लगायतका धेरै थरि आकार अवलोकन गर्न पाईने युवा समाजसेवी छम बहादुर रानाले जानकारी दिए । रानाका अनुसार गुफा भित्र रहेको भगवानको पूजा अर्चना समेत गरिन्थ्यो । अँध्यारो गुफा भित्र पानीको सानो तलाउ समेत रहेको छ । पहिला बाटोको उचित व्यवस्था नहुदा त्यहा पुग्न निकै कठिन हुने गरेको रानाले बताए। कतिपय ठाउ यस्ता छन जहा विचित्र देख्न पाईन्छ तर प्रचार प्रसारको अभावमा सदियौं देखि ओझेलमा छन । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक अहिले सम्म त्यहा पुगेका छैनन । यस्तै मध्यको एउटा धार्मिक पर्यटकीय गन्तव्य हो गल्कोट नगरपालिका ७ र ९ मल्म स्थित न्यायखोला पाण्डुकेश्वर गुफा । जहा फरक वस्तु नियाल्न पाईन्छ । पहिले पहिले बालाचतुर्दशी र शिवरात्रीमा त्यहॉ स्थानियहरुको पुजाअर्चना गर्न भिंड लाग्दथ्यो । पाण्डुकेश्वर पदमार्ग उदघाटन कार्यक्रम स्थानिय समाजसेवी नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *