७० वर्षिया बृद्धव्दारा रुखमा झुण्डिएर आत्महत्या

बिमल खड्का, बुर्तिवाङ २०७५ बैशाख ३१ । बडीगाड गाउँपालिका ७ माझखर्ककी ७० वर्षिया लालमती बुढामगर आज विहान घर नजिकको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक लालमतीको मानसिक अवस्था ठीक नभएको उनका पति टेकबहादुर बुढाले बताएका छन् ।

मृतकको शवलाई पोष्टमार्टमकालागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याईदै गरेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयका प्रनानि नारायण शर्माले बताएका छन् ।
तस्वीर: दिनेश शर्मा, भिङगिठे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *