प्रेस काउन्सिलबाट चार जना शोधार्थीलाई छात्रवृत्ति प्रदान !

महेन्द्रराज सिंह, काठमाडौं २०७३ पुस १८ । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही रु.२५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् । आज प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रममा अध्यक्ष कार्कीले सो छात्रवृत्ति प्रदान गरेका हुन् ।

सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गरी छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् ।

कार्यक्रममा शोधार्थीहरुले आ–आफ्नो शोधपत्रको बारेमा प्रस्तुति गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.