तमानखोला र निसीखोला गाउपालिकाहरुमा प्रभु बैँकको शाखा बिस्तार

छविलाल पाण्डे, बागलुङ २०७५ बैशाख ३० । प्रभु बैँक लिले बागलुङ जिल्लाको निसीखोला र तमानखोला गाउपालिकाहरुमा शाखा बिस्तार गरेको छ । आज बिस्तार गरिएका दुई शाखा सहित जिल्लाका ७ स्थानीयतहमा यस बैँकका शाखा खोलिएका छन् भने बैँकको हालसम्म १ सय ४८ शाखा बिस्तार गरिसकेको छ । हाल बैँकका ग्राहक संख्या १० लाख पुगेका छन् भने शेयर पूँजी ८ अर्ब बढी रहेको छ । गत चैत मसान्त सम्ममा ९० करोढ बढी नाफा गर्न सफल भएको छ ।

आज तमानखोला गाउपालिकाको बोंगादोभानमा बिस्तारित शाखाको गाउपालिका अध्यक्ष जोकलाल बुढाले गर्दै प्रभु बैँक प्रति आभार प्रकट गर्दै गाउपालिकाको आगामी दिन यसै बैँकबाट आर्थिक कारोबार गर्ने बताए ।

सो अवसरमा नेपाली काँग्रेसका युवा नेत जीत शेरचन, उद्योग बाणिज्य संघ बुर्तिवाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डे, जनजागृति माबिका प्रधानाध्यापक प्रेमबहादुर खड्का, प्रमुख कार्यकारी अधिकृत कमल गौतम लगायतले मन्तव्य दिएका थिए ।

बैंकका क्षेत्रिय अधिकृत उत्तमकुमार राजभण्डारीले निकट भबिष्यमै ताराखोला गाँउपालीमामा समेत सेवा बिस्तार कार्यलाई अगाडि बढाईने जानकारी दिएका थिए ।

त्यस्तै निसीखोला गााउपालिकामा स प्रभु बैंक बुर्तिबाङ साखाका प्रबन्धक खिम केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष तारानाथ पौडेलले शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा ईलाका प्रशासन प्रमुख जनक थापा, उद्योग बाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, निसीखोला गाँउपालिका उपप्रमुख शोभा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुशिल पनेरु, ईलाका प्रहरी बुर्तिबाङका प्रमुख नारायण शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.