कुलविर थापा र सीता श्रेष्ठको पञ्चेबाजाको गीत बजारमा (भिडियो सहित )

थम्मन थापा सन्देश, बागलुङ २०७५ बैशाख ३० । आजभोली लोकदोहोरी र पञ्चेबाजाको बजार निकै तातेको छ । दिनहुॅ एकपछि अर्को सिर्जना सर्जक तथा गायक गायिकाले श्रोता दर्शक मॉझ पस्कन क्रम बढदो छ ।

यस्तै मध्य थोरै सिर्जना गर्ने तर मुटु नै छुने सिर्जना गर्ने सर्जक नवराज पन्त र मेलोडि किङ भनेर सबैले उपमा दिने लोकप्रिय सर्जक तथा गायक बसन्त थापाको सांगितिक प्रस्तुतिमा करुवाको जल यतिबेला युट्युब मार्फत सार्वजनिक भएको छ । यो जोडीले बनाएको गित भने पछि धेरै स्रोता दर्शकले पनि पक्कै केहि नयाँ पन छ भन्ने सोच्छन र त्यो कुरा गित भित्र पनि हुन्छ ।

पछिल्लो गित करुवाको जल पनि निकै उत्कृष्ट सिर्जना बनेको छ । रोजगारीको लागि जापानमा रहेका गलकोट नगरपालिका ७ मल्ममा जन्मेर जापानको ओसाकालाई आफ्नो कर्मथलो गराउदै आएका कुलविर थापाले उक्त गीतमा स्वर दिएका छन । लोकदोहोरी गीत केहि दिन पहिले बजारमा आएको गायक थापाले बताए । उक्त गीतलाई लोकदोहोरी गायक सर्जक एंव पञ्चेबाजाका किङ्ग बसन्त थापाको युट्युव मार्फत बाजारमा सार्वजनिक गरिएको हो ।

गीतमा कुलविर थापा र सीता श्रेष्ठको स्वर , नवराज पन्तको शब्द तथा संगितकार बसन्त थापाको लय रहेको छ । कपिल लामाको निर्देशन, चर्चित मोडल रञ्जिता गुरुङ र ओवि रायमाझीले अभिनय गर्नु भएको छ । भिडियोको सम्पादन दिपक बिष्ट तथा छायांकन अजय रेग्मीले गरेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *