गाउँदेखि सहरसम्म ढुवानीमा प्रयोग हुने घोडा खच्चड अहिले विकट क्षेत्रमा मात्रै !

डम्मर बुढा मगर बागलुङ (बुर्तिबाङ) २०७५ बैशाख ३० । बुर्तिबाङ बजार तथा आसपासका ग्रामिण क्षेत्रहरु सडक संजालले जोडिदै गएका छन् । ग्रामिण क्षेत्र सडक संजालले जोडिए पछि परापूर्वक कालदेखि नै यातायातको साधान तथा सामान ढुवानी गर्नका लागि प्रयोग गरिने घोडा खच्चडको विस्तारै प्रयोग कम हुन थालेको छ ।

सडक संजालसँग ग्रामिण क्षेत्र नजोडिएको समयमा व्यापक मात्रामा प्रयोग हुने घोडा खच्चड अहिले यदाकदा देख्न सकिन्छ । प्राय गरी अहिले ढोरपाटन, निसेल ढोर, तमान, बोङ्गादोभान, खुङ्गा लगाएतका स्थानहरुको विकट गाउँ–गाउँमा अर्थात गाडीको पहुँच नुगेको ठाउँहरुमा प्रयोग भएको पाईन्छ ।

गाडीको पहुुँच नभएको समयमा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामाग्रीहरुको ढुवानीका निम्ती घोडा खच्चडको प्रयोग गर्ने गरेको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका एक बृद्धि मंगले विकले बताए ।

“हामीले ढोरपाटनदेखि बोबाङ आलु, सिमी ओसार्न, बोबाङदेखि खर्च पर्च ओसार्न, बेसी तिर आलु बेच्न लगेर अन्न ल्याउन घोडाको प्रयोग गर्थेउँ” विकले भने ।

“आज भोल त घर घरमा गाडी आउँछ, गाडीले सबै सामान ओसार्छ पहिलेको जस्तो घोडा खच्चडको प्रयोग अल्ली कम भएको छ”, उनले भने ।
अझै कतिपय स्थानहरुमा सडक नपुग्दा यात्रा गर्न तथा सामान ओसार पसारका लागि घोडा खच्चड कै प्रयोग भएको पाईन्छ । पहिले गाउँदेखि सहरसम्म प्रयोग हुने घोडा खच्चड अहिले विकट क्षेत्रमा मात्रै प्रयोग भएको पाईन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *