बुर्तिबाङदेखि जिल्लाको विभिन्न स्थानहरुमा ट्याक्सी सेवा संचालन

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ बैशाख ३० । बागलुङको विभिन्न स्थानहरुमा सडकको विस्तारसँगै साधारण गाडीदेखि भिआईपी गाडीसम्म संचालनमा आएका छन् । यसै सिलसिलामा बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लिले विगत १ महिनादेखि जिल्लाको विभिन्न स्थानहरुमा ट्याक्सी सेवा संचालन गरेको छ ।

सडकको विस्तार, यात्रुको माग र आवश्यकतालाई मध्य नजर गर्दै ट्याक्सी सेवा संचालन गरेको बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लिका अध्यक्ष सहविन अर्गेजाले जानकारी दिए ।

यस सेवाबाट समय मै गन्तव्यमा पुग्न सकिने, यात्रुहरुले सहज तरिकाले यात्रा गर्ने र अरु यातायात भन्दा ट्याक्सी छिटो र भरपर्दो हुने भएकाले ट्याक्सी सेवा संचालन गरेको अध्यक्ष अर्गेजाले बताए ।

ट्याक्सी बुर्तिबाङदेखि बागलुङ, हटिया, खर्बाङ, निसी भल्कोट लगाएतका स्थानहरुमा नियमित सेवा संचालन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *