बिप्लब माओवादीको नेपाल बन्दले बागलुङको जनजीवन प्रभावित !

बागलुङ २०७५ बैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी बिप्लबले आव्हान गरेको नेपाल बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बागलुङ सदरमुकाम लगायत जिल्लाका बिभिन्न केन्द्रहरुबाट लामो दूरीका सवारी साधनहरु चलेका छैनन् । बागलुङ सदरमुकाममा बजार बन्द छ र सवारी साधनहरुमा मोटर साईकल फाट्टफुट्ट चलेको अवस्था छ ।

हटियाबाट सहकर्मी गुमानसिँह भण्डारीका अनुसार सवारी साधनहरु निकै कम चलेका छन भने बुर्तिवाङबाट लामो दुरीका सवारी साधनहरु सन्चालनमा नआएको जानकारी प्राप्त भएको छ । उता कुस्मीसेरा बजारमा कममात्रामा सवारी साधनहरु सन्चालनमा रहेको बताईएको छ ।

शिक्षण संस्थाहरु बन्द गर्न नेकपाका कार्यकर्ताहरुको दबाब आईरहेको बताईएको छ । श्रोतका अनुसार शिक्षण संस्थाहरु बन्द गर्ने मनस्थितिमा देखिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *