समाजसेवामा योगदान पुराउने ३ जना राजभण्डारी सम्मानित

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख २९ । पुर्खा धञ्जुसिहं राजभण्डारी अध्ययन अनुसन्धान केन्द्रको २ सय १३ औ बर्षगाठका अवसरमा बिभिन्न क्षेत्रबाट समाज सेवामा योगदान पुर्याएको भन्दै ३ जना राजभण्डारीहरुलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरुमा हरि गोबिन्द राजभण्डारी, दिल बिकास राजभण्डारी र कृष्णलाल राजभण्डारी रहेका छन् । सम्मानित सबैलाई धञ्जुसिहं राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङका अध्यक्ष काजि रोशनले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा एबं समाजसेवी कृण्णलााल राजभण्डारीले सामाजिक आर्थिक र शैक्षिक क्षेत्रको बिकासका लागि राजभण्डारी परिवाले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै समाजमा उल्लेखनीय योगदान पुरयाउनका लागि सबै राजभण्डारी परिवार एक भएर लाग्नुपर्नेमा जोड दिए । त्यसैगरी समाजसेवी दिल्ली बिकास राजभण्डारीले राजभण्डारी परिवार केवल समुदायको लागि मात्र नभएर समाज एबं समग्र राष्ट्रको हितको लागि एक हुनुपर्ने बताए ।

सो अवसरमा समाजसेवी लालचन्द्र राजभण्डारी कृष्णलाल राजभण्डारी, हरि गोबिन्द राजभण्डारी, मंगला राजभण्डारी, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल र मानव सेवा आश्रमका सुमिरा लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम धञ्जुसिहं राजभण्डारी अध्ययन अनुसन्धान केन्द्र बागलुङका अध्यक्ष रोशनको अध्यक्षता, उपाध्यक्ष अशोक गोबिन्द राजभण्डारीको स्वागत मन्तब्य र सचिव युक्तजङ्ग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *