सहकारीको कार्यशालामा भाग लिन कोरिया हिडेका जिसीलाई विदाई !

सिर्जना पन्त, बागलुङ २०७५ बैशाद २९ । अन्तरराष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र र केन्द्रिय कृषि सहकारी संघ दक्षिण कोरीयाको संयुक्त आयोजनामा कोरियामा हुन लागेको कृषि सहकारी प्रणाली विषयक कार्यशालामा सहभागि हुन कोरिया जान लागेका संस्थाका सम्पादक रामबहादुर जिसीलाई आदर्श सञ्चार सहकारी संस्थाका कर्मचारीले सम्पादक शिदाई गरेका छन् ।

मे १४ देखि १९ सम्म कोरियाको सिउलमा हुन लागेको कार्यशालामा जिसीले नेपालको सहकारीको बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जिसीले उक्त कार्यशालामा राष्ट्रिय सहकारी बैङकको प्रतिनिधित्व गर्ने बताईएको छ । कार्यशालामा विषेश गरी कोरियामा कृषि सहकारी र प्रणाली तथा विकासक्रम र बजारीकरण सम्वन्धी प्रस्तुतिकरण हुने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *