अधिकारीचौर र खुङ्गाको सामाजिक सुरक्षा भत्ता गरिमा बैंकबाट वितरण गरिने !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन ८ । अधिकारीचौर र खुङ्गा गाविसका १ हजार ६ सय ९३ जनाको सामाजिक सुरक्षा भत्ता बैशाखदेखि वितरण गर्ने सहमती भएपछि खाता खोल्ने काम सुरु भएको छ ।

फागुन १ गतेदेखि खाता खोल्न सुरु गरिएकोमा एक हप्ताको अवधिमा ६ सय ८४ जना लबग्राहीले खाता खोलेका गरिमा बैंक बुर्तिबा साखा कर्जाफाँटका अमृत कुमार श्रेष्ठले जानकारी दिए ।

बैङ्मा खाता खोल्नेको भिड भएपछि कार्यालय बाहिरै बसेर खाता खोल्ने काम सञ्चालन गरिएको श्रेष्ठको भनाई छ । बैंकमा खाता खोल्न ज्यष्ठ नागरिक, दलित बालवालिका र अपाङ्गता भएका नागरिकहरुको भिड नै लाग्ने गरेको छ ।

गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ शाखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
बागलुङमा जिल्ला विकास समिति, गाविस कार्यालय र बैंकविच सहमती गरि बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी सुरु भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.