अन्तर्राष्ट्रिय बुदोकान कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली दुबईमा

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख २८ । अन्तर्राष्ट्रिय बुदोकान कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली दुबई पुगिसकेको छ । टोलीलाई हिँजो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरिएको थियो । टोलीमा बागलुङ बडीगाड डोजोका सन्चालक राजन पाईजा समेत सहभागी रहेका छन् ।

बडीगाड ५ सिमाकमा जन्मिएका पाइजाले यसाघी भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई रजक पदक दिलाएका थिए । उनी कराते का Third Don हुन ।

१३ जना पुरुष र ३ जना महिला सहभागी उक्त टिममा पाइजा ६० केजि तौल समूहमा खेल्ने छन्।

पाइजाले अहिले सम्म कराते मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४० गोल्ड मेडल समेत हासिल गरिसकेका छ्न।उनी बडीगाड गाउपालिका अध्यक्ष मेहरसिँह पाइजाका छोरा हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *