विश्वकर्मा माविमा बिद्यालय सुधार योजना निर्माण कार्यक्रम सम्पन्न

रनिस राना बागलुङ २०७५ बैशाख २७ । यूरोपियन यूनियन नागरिक संरक्षण मानवीय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना ू अन्तर्गत विश्वकर्मा माविको आयोजनामा बिद्यालय सुधार योजना निर्माण कार्यक्रम बागलुङ नगरपालिकाको कालिमाटीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विद्यालयका समग्र शैक्षिक पक्ष सुधारमा सुझाव संकलन गरि विद्यालयको दूरदृष्टि बनाई योजनाहरूलाई प्राथमिकरण गरि योजना निर्माण गरिएको थियो ।

विद्यालय सुधार योजनालाई अन्तिम रूप दिन पाँच सदस्यीय लेखन समिती गठन गरिएको छ। साथै विद्यालयको समग्र शैक्षिक सुधारका निम्ती विपिन विकको संयोजकत्वमा नौ सदस्यीय अभिभावक शिक्षक संघ पनि गठन गरिएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिका ७ का वडा अध्यक्ष खगराज पाण्डेले विद्यालय सुधार योजना बनाएर अगाडि बढ्न सके शैक्षिक स्तरमा सुधार आउने धारणा राखेका थिए ।

नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण बहादुर थापाले कार्यशालाको सहजीकरण गरेका थिए ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद उपाध्यायको सभापतित्वमाा भएको कार्यशालाको सन्चालन शिक्षक गोविन्द कार्की र स्वागत विद्यालयका प्रधानाध्यापक युगेन्द्र प्रसाद खनालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *