खर्वाङमा आयोजित आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न !

दिनेश शर्मा, खर्वाङ २०७५ बैशाख २५ । बडीगाड गाउपालिका खर्वाङमा आयोजित युवा उत्प्रेरण, आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । बडीगाड युवा मन्चको आयोजनामा बैशाख १८ गते देखी सुरु भएको तालीममा गाउपालिकाका सबै वडाहरुबाट उत्साहप्रद सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले प्रशिक्षार्थीहरुलाई तालीमलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

मन्चका अध्यक्ष ढालेन्द्र शेरचनको सभापतित्वमा आयोजित समापन कार्यक्रममा बडीगाड गाउपालिकाका उपाध्यक्ष अमरबहादुर श्रीस, अधिवक्ता ममतादेवी शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, तालीममा सहभागीका तर्फबाट भानुभक्त पौडेलले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले तालिम महत्वपूर्ण भएको बताएका थिए ।

सो अवसरमा तालिमका सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको मन्चका सचिव कृष्ण भट्टराईले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *