जुल्फे सामुदायिक बन सरसफाई :३ हजार लौठ सल्लाको विरुवा लगाएको १ हजार मात्र सरे !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन ८ । तारा गाविसमा रहेको जुल्फे सामुदायिक वनले सरसफाई अभियान सन्चालन गरेको छ । जुल्फे सामुदायिक बनको डगडाँडामा गतबर्ष ४ हजार विरुवा लगाएको थियो र अहिले त्यसको लागी शनिवारबाट गोडमेल तथा झाडि सफाई अभियान सन्चालन गरेको हो ।

जुल्फे सामुदायिक बन तारा १, २ ,५ , ६ ,७, ८ का उपभोक्ताहरुले जिल्ला बन कार्यलयको सहयोगमा लौठ सल्लाको विरुवा लगाएको हो । उक्त लागर्ईएको लौठ सल्ला ४ हजार विरुवा मध्य १ हजार विरुवामात्र सरेको जुल्फे सामुदायिक बनका सचिव नारयण घर्तीले बताए । अहिले लौठ सल्लाको गोडमेल गरेर पुन लौठ सल्लाको विरुवा लगाउने तयारी गरेको उनको भनाईछ ।

लौठ सल्लाको विरुवाको पातबाट औपाधीको कच्चा पदार्थको रुपमा प्रयोग गरिने हर्वल कम्पनी विराटनगरले बताएको छ । कम्पनीको अनुसार क्यान्सरको औषधीको ईन्जेक्सन बनाउन प्रयोग हुने बताईएको छ । यस अधि जुल्फे सामुदायिक बनले प्राकृतिक रुपमा रहेको लौठ सल्लाको पात ६ लाखको हर्वल कम्पनी विराटनगरलाई बेचेको थियो ।

ताराखोलाको जुल्फे, डुँडुलेक, अलवाँङ, ,ठुलाभिर, चिनचेल, रानीबन सामुदायिक बनहरु लागएतको बनमा प्रशस्तरुपमा लौठ सल्ला रहेको सामुदायिक बन ताराखोलाको अध्यक्ष धन बहादुर बुढा मगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *