आजको तस्वीर : कस्ले बाँध्यो नगरपालिकाको आँखामा पट्टी ?

बागलुङ २०७५ बैशाख २४ । बागलुङ बजारमा सडक र ढल देखी भवन लगायतका निर्माण कार्यहरु धमाधम भैरहेका छन् । बढ्दो जनघनत्वका साथै निर्माणमा आएको तेजीले बागलुङ नगर कति सुन्दर बन्दै छ भन्ने जिज्ञासा आम नगरबासीको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारका बिभिन्न सडकहरुमा निर्माण सामाग्री सडक नै अबरुद्ध हुने गरी थुपार्दा सवारी साधन र बटुवालाई आवत जावतमा सास्ती र कष्ट पुगेकै छ, त्यस्मापनि यसबाट निम्तिन सक्ने दुर्घटनाले कसैको अंगभंग वा ज्यानै जानसक्ने संभावनालाई नकार्न सकिन्न ।
एक ठाउँ होईन, दुई ठाउँ होईन बजारका कुना कुना सम्म निर्माण सामाग्री थुप्रिएको देख्न सकिन्छ । आज यहाँ त भोलि उहाँ यस्तै छ बागलुङ नगरीको बेहाल ।

एकातिर यस्तो छ सडकको हाल अर्कोतिर भीमकाय गगनुचुम्बी भवनहरु बनिरहेका छन् । पछिल्लो समय बागलुङ नगरपालिकाबाट नक्शा पास नगरीकनै तीन दर्जन भवनहरु अबैध ढंगले बनिरहेको तथ्यांकले देखाएको छ । जता हेयो उतै लथालिंग देखेपछी बागलुङ नगरबासीले बागलुङ नगरपालिकाको आँखामा कस्ले बाँधिदियो पट्टी भनेर प्रश्न गर्न थालेका छन् ।

होईन भने, सडक अबरुद्ध हुने गरी महिनौँ निर्माण सामाग्री थुपारेको किन देख्दैन नगरपालिकाको आँखाले ? नगरपालिकाको माप दण्ड विपरीत अर्थात नगरपालिकाबाट नक्शापास नै नगरी भवनहरु निर्माण भैरहेको दृश्य नदेख्नु नगरपालिकाको आँखाको कमजोरी होईन ? जस्ता प्रश्नहरु सुन्दर बागलुङ नगरपालिकाको परिकल्पनाकारहरु संग नगरबासीहरुले सोधी रहेका छन् ।

नगरबासीहरुले सडक अवरुद्ध हनेगरी निर्माण सामाग्री थुपार्न नदिन ट्राफिक प्रहरीको समेत ध्यानाकृष्ट हुनुपर्ने औँल्याएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *