प्रहरी उपरीक्षक रेग्मी, जिल्ला प्रहरी कार्यालय बागलुङमै थमौती

बागलुङ २०७५ बैशाख २३ । जिल्ला प्रहरी कार्यालय बागलुङमा काजमा आएका प्रहरी उपरीक्षक दीपक रेग्मीलाई प्रहरी प्रधान कार्यालयले बागलुङ मै दरबन्दी कायम गरि थमौती गरेको छ । जिप्रका बागलुङमा काजमा आउनु अघी प्रहरी उपरीक्षक रेग्मीको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा दरबन्दी थियो ।

प्रहरी प्रधान कार्यालय काठमाडौले आईतबार ७९ जना प्रहरी उपरीक्षकहरु सरुवा गर्नेक्रममा प्रउ रेग्मीलाई बागलुङमै थमौती गर्ने निर्णय गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *