कागज गरी छुटे यातायात व्यवसायी, बिकिरणसमेत दुई जना माथि सार्वजनिक मुद्दा !

बागलुङ २०७५ बैशाख २३ । सिण्डिकेटको पक्षमा यातायात बन्द गर्ने बागलुङ स्थित धौलागिरी यातायात बस, जीप र ट्याक्सी व्यवसायी समितीका तीन जना अध्यक्षहरु अब आयन्दा बन्द हडताल नगर्ने कबुलियत नामा लेखेर आईतबार रिहा भएका छन् ।

गत बैशाख २१ गते सिण्डिकेटको समर्थनमा यातायात बन्दको क्रममा धौलागिरी यातायात व्यवसाहरु उमेश केसी, बिष्णु अधिकारी र सन्तबहादुर पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैशाख २१ गते नेपाल बन्दको पूर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएका बिप्लब नेकपाका बागलुङ ईन्चार्ज बिकिरण क्षेत्री समेत २ जनालाई सार्वजनिक अपराध सम्वन्धि मुद्दा अन्तर्गत कार्बाही चलाईएको प्रहरी श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *