गुणस्तरीय शिक्षाको लागि गनपा-११ रिघामा कार्याशाला गोष्ठी सम्पन्न

हेम बिक, गल्कोट २०७५ बैशाख २३ । गल्कोट नगरपालिका- ११ रिघाको आयोजनामा गुणस्तरीय शिक्षाको लागि अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नगरपालिकाका शिक्षा अधिकृत प्रकाश ओझाले परिवर्तित सन्दर्भमा शिक्षण सुधारको योजना सहित कार्यपत्र प्रस्तुत गरेका थिए भने श्रोत व्यक्ति दिनेश पन्तले शिक्षण सिकाई क्रियाकलापमा ल्याउन सकिने सुधार र संभाव्यताको विषयमा प्रकाश पारेका थिए ।

कार्यशालामा त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीले नमुना विद्यालय वनाउने आधार तथा गुणस्तरीय शिक्षाको लागि शिक्षक, अभिभावक तथा विद्यार्थीको भूमिका विषयमा बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका धिरेन राजवंशी, नेपाली काग्रेसका चन्द्र वहादुर श्रीस, नेकपा माओवादी केन्द्रका नर वहादुर घर्ति, राष्ट्रिय जनमोर्चाका वल वहादुर पुन, जिल्ला समन्वय समितिका सदस्य रुपा विक, युवा तथा खेलकुद विकास समिति रिघाका अध्यक्ष दान वहादुर श्रीस लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रिघाका सवै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, तथा शिक्षकहरुको समेत सहभागिता रहेको थियो।

कार्यक्रम वडा अध्यक्ष डम्वर श्रीसको अध्यक्षता वडा सदस्य झम वहादुर वुढाथोकीको स्वागत मन्तव्य तथा रत्न लक्ष्मी मावि का शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा वर्तमान शिक्षाको अवस्था, समसामयीक समस्या तथा चुनौतीको विषय पहिल्याउँदै समाधानका उपाए सहित छलफल भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *