छुटेनन् शुक्रबार पक्राउ परेका सिण्डिकेट यातायात व्यवसायीहरु

बागलुङ २०७५ बैशाख २२ । सिण्डिकेट कायम गर्ने पक्षमा आन्दोलनरत यातायात व्यवसायीहरु प्रति सरकार कडारुपमा प्रस्तुत भएको छ । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा शनिबार साँझ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच यातायातमा सिण्डिकेट कायम हुनुपर्ने माग गर्दै बागलुङ यातायात व्यवसायीहरुले गरेको यातायात बन्दका अवसरमा शुक्रबार प्रहरीले नियन्त्रणमा लिईएका धौलागिरी अन्चल यातायात बस, जीप र ट्याक्सी व्यवसायी समितीका अध्यक्ष क्रमश उमेश केसी, विष्णु अधिकारी र सन्तबहादुर पाख्रिन प्रहरी हिराशतमै रहेका छन् ।

बागलुङमा रहेका दुई यातायात समितिहरु मध्य धौलागिरी यातायात समिति सिण्डिकेटको पक्षमा रहेपनि अर्को भगवती यातायातमा आवद्ध सवारी साधनहरु सन्चालनमा आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *