चारतारे युवा क्लबको लघुवित्त कार्यक्रमको बाह्रौँ श्रृंखला बडीगाडको खर्वाङमा

सुमन जीसी, खर्वाङ बागलुङ २०७५ बैशाख २२ । चारतारे युवा क्लबको लघुवित्त कार्यक्रम बडीगाडको खर्वाङमा शनिवार सम्पन्न भएको छ । सो कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रमले महिला दिदीवहिनीहरुको जीवनस्तरमा चमत्कारीत परिवर्तन ल्याएको बताए ।

कुनै समय घरबाट वाहिर निस्कन नसक्ने, उद्यम गर्न नसक्ने, बचत र ऋणको बारेमा केही थाहा नभएका, बोल्न नसक्ने महिला दिदीवहीनीहरु लघुवित्त कार्यक्रममा संलग्न भए पश्चात बचत गर्ने वानीको विकास भएको, ऋण लगी उद्यम गर्न सक्ने भएको, सामुदायीक बन, विद्यालय, स्थानीय निकाय लगाएतका ठाउँहरुमा नेतृत्व गर्न सक्ने भएको पौडेलको भनाई थियो ।

सदस्यहरुबाट उठेका जिँज्ञासाहरुलाई सम्वोधन गर्दै पौडेलले लघुवित्त कार्यक्रममा संलग्न ९९ प्रतिशत दिदीवहिनीहरुले राम्रो काम गरिरहेको अहिलेको अवस्थामा १ प्रतिशत महिला दिदीवहिनीहरुले गलत बाटो अपनाउदा लघुवित्त कार्यक्रम बद्नामी भईरहेको बताए ।

कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्मा, प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, सिवाईसी साकोस सदस्य सेवा केन्द्र खर्वाङका संयोजक धनवहादुर बुढा, शाखा स्तरीय सञ्जालका प्रवक्ता एव. उद्यमी सदस्य जमुना श्रीस, केन्द्र प्रमुखहरुको तर्फवाट गंगा महत्तारा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा महिलाहरुको सशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः गरिवी उत्थान आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११, परिवर्तनशिल आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११ र शिखर आत्मनिर्भर महिला केन्द्र गल्कोट न.पा. ११, प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए । सोही क्रममा शाखा कार्यालय अन्तर्गत केन्द्र नं. ७४ का सदस्य सीता आचार्यका छोरी श्रीसा आचार्यले एस.ई.ई परीक्षामा उत्कृष्ट स्थान हाँसील गरेकोमा नगद रु. ३ हजार सहित पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखाको प्रगतिको वारेमा शाखा प्रवन्धक यानु बुढा र सञ्चालन संस्थाका सह सचिव गण्डकी थापा अधिकारीले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *