प्रवास : कतार नेपाली एकता समाजले यसरी मनायो१२९ औं अन्तर्राष्ट्रिय मजदूर दिवस !

उद्धव मगर दोहा कतार २०७५ बैशाख २२ । मिति २०१८/०४/०५ का दिन कतार नेपाली एकता समाजले दोहाको एक प्रतिष्ठित होटेलमा १२९ औं अन्तराष्ट्रिय मजदूर दिवस भव्य शानदाररुपमा सु सम्पन्न गरेको छ ।

कतार नेपाली एकता समाजले आयोजना गरेको उक्त कार्यक्रमको कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने एकता समाजका केन्द्रिय महासचिव खिम बुढा मगरको सञ्चालन गरेका थिए । कार्यक्रमलाई विधिवतरुपमा अगाडि बढउने क्रममा हलमा उपस्थित विभिन्न एरिया, इकाई, र शुभ चिन्तकलाई बुद्धिजीवी विभागका पूर्व अध्यक्ष कमल आचार्यले मन्तव्यव्दारा स्वागत गरेका थिए ।

कार्यक्रमका अतिथीहरुमा पूर्व उपाध्यक्ष, दावा लामा,पूर्व कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियार,रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष वलदेव राना मगर, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका अध्यक्ष हरि प्रसाद शर्मा, दोहा एरिया समितिका गिरी काउछा मगर, सनैया डि एरिया समितिका सचिव तेज नारायण शर्मा, सलता एरिया समितिका शालिकराम पुन, सहलिया एरिया समितिका लक्ष्मण कोईराला, साहानिया एरिया समितिका अध्यक्ष जनक मल्ल, लेवर सिटी एरिया समितिका अध्यक्ष रेशम रोकका मगर रहेका थिए ।

मन्तव्य राख्ने क्रममा बुद्धीजीवी विभागका अध्यक्षले हामी कतार नेपाली एकता समाजमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई एकवद्ध भएर अगाडी बढनु पर्ने बताए । त्यस्तै गरी कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकन्त पुनले श्रमजीवी मजदूरहरुको वीरतापूर्ण वलिदानी संघर्षको ऐतिहासिक दिन मे १ लाई स्मरण गर्दै संसारका विभिन्न देशहरुमा १ मे का दिन १ सय उनन्तीस औं मे दिवस मनाउदै गर्दा श्रमजीवी मजदूरहरुको अभिभाक संगठन कतार नेपाली एकता समाजले पनि वृहत कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको वताए । उनले १ मेलाई संसारभरका श्रमीकहरुले एक महान चाडका रुपमा मनाउदै आएका कुरा पनि उल्लेख गर्दै अन्तमा कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको घोषणा गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *