नेकपा एमालेको बोहोरागाउँ र अधिकारीचौरमा गाउँ कमिटि बैठक सम्पन्न !

मिलन हमाल, बुर्तिबाङ २०७३ फागुन ८ । नेकपा एमाले बोहोरागाउँ र अधिकारीचौर गाउँ कमिटिको बैठक शनिबार सम्पन्न भएको छ । यसैबीच बोहोरागाउँमा गाउँ कमिटि अध्यक्ष नरबहादुर शाहीको अध्यक्ष नरबहादुर शाहीको अध्यक्षमा बसेको बैठकले, आगामी फागुन २२ गते बुर्तिबाङमा हुने क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ ।

क्षेत्रीय प्रतिनिधिका रुपमा बैठकले ८ जनालाई छनौट गरेको बैठकमा सहभागी जिल्ला कमिटि सदस्य रुद्र पौडेलले बताए ।
यस्तै बैठकले, तत्काल स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई दवाव दिने, गाविस तथा वडाहरुमा संगठन निर्माण गर्ने समेतको निर्णय गरेको छ ।
बैठकको सञ्चालन गाउँ कमिटिका सचिव भक्तबहादुर घर्तिले गरेका थिए ।

उता अधिकारचिौर गाउँ विकास समितिमा गाउँ पार्टी अध्यक्ष सुनिलकुमार घर्तिको अध्यक्षतामा गाउँ पार्टीको बैठक सम्पन्न भएको छ । गाउँ पार्टी बैठकले, क्षेत्रीय अधिवेशनका लागि ९ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको समितिका सचिव प्रेम घर्तिले बताए ।

जिल्ला कमिटि सदस्य कर्मती पुन तथा पुर्व जिल्ला सचिवालय सदस्य दलबहादुर् घर्तिको विषेश उपस्थितिमा बैठक सम्पन्न भएको बताइएको छ ।
बैठकले गाविस स्तरमा संगठन निर्माण तथा सदस्यता वितरण गरिने कार्यक्रम तय गरिने विषयमा समेत छलफल चलाएको सचिव घर्तिले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.