ढोरपाटन नगरपालिकाले शिक्षक ईश्वरी पौडेललाई दिएको निप्रअको नियुक्ती सर्बोच्चबाट बदर !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ बैशाख २१ । ढोरपाटन नगरपालिकाले शिक्षक ईश्वरी प्रसाद पौडेललाई बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक बिद्यालयको निमित्त प्रधानाध्यापकमा दिएको नियुक्ती सर्वोच्च अदालतले बदर गरेको छ ।

शिक्षक पौडेललाई नगरपालिकाले नि प्र अमा दिएको नियुक्तीका विरुद्ध बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडाबहादुर कुवरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा उपर सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले शुक्रबार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नेपाल सरकारले मात्र नियम बनाउन सक्ने व्यवस्था रहेकाले नगरपालिकाले बनाएको नियमावली मान्य नहुने आदेश गरेको हो ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक धन बहादुर कुँवरले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि गत मंसिर ११ गतेदेखि विद्यालयका शिक्षक निम बहादुर जी.सी. नविनले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर चैत्र २ गते ढोरपाटन नगरकार्यपालिकाको बहुमतले ईश्वरी प्रसाद पौडेललाई निमित्त प्रधानाध्यापक पदमा नियुक्ति दिने निर्णय गरेपछि उनलाई चैत्र ४ गते निमित्त प्रधानाध्यापक पदमा रही काम काज गर्न भनी नियुक्ति पत्र दिएको थियो । त्यस विरुद्ध विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडा बहादुर कुँवर समेतले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

शुक्रबार सर्वोेच्च अदालतका न्यायाधीश मोक्तानले आदेशमा भनिएको छ, ‘विपक्षी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ (ज) को अधिकार प्रयोग गरी शिक्षा नियमावली २०७४ निर्माण गरेको भन्ने नियमावलीमा उल्लेख भएको देखियो । उक्त एनेका दफा ११९ हेर्दा सो ऐन नियम बनाउने अधिकार नेपाल सरकारलाई भएको पाइएकाले सो ऐन बमोजिम विपक्षी नगरपालिकाले नियमावली बनाउन सक्ने देखिएन ।’

आदेशमा अगाडी भनिएको छ, यस मुद्दामा अदालतले नगरपालिकाले निमित्त प्रधानाध्यापक पदमा पौडेललाई दिएको नियुक्ति कानुनसम्मत नरहेको ठहर गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म पौडेललाई काम नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले अहिले विद्यालयहरुको काम कारबाही शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ बमोजिम नै सञ्चालन हुने पनि आदेश गरेको छ । सर्वोच्चले अहिले विद्यालयहरुको काम कारबाही शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ बमोजिम नै सञ्चालन हुने पनि आदेश गरेको छ ।

विगत लामो समयदेखि प्रअ÷प्राचार्य विवादमा रुमलिदै आएको यस विद्यालय अहिले पनि राजनीतिक खेल मैदान बनेको सर्वसाधारणको बुझाइ रहेको छ । स्थानीय निकायको गठन भएपछि समस्या समाधान होला भन्ने धेरैको आशा रहेको थियो तर स्थानीय निकाय आफैले समेत कानुन विपरित राजनीतिक आस्थाको आधारमा प्रअ नियुक्ति गर्ने जस्ता कतिपय विवादित निर्णयहरु गरेपछि पछिल्लो समयमा ढोरपाटन नगरपालिका निकै राजनीतिक विवादमा तानिएको छ ।
स्मरणीय छ, यस अघीपनि शिक्षक पौडेललाई तत्कालीन बिद्यालय व्यवस्थापन समतिले धनबहादुर कुँवरलाई प्रअबाट हटाई प्रअमा नियुक्ती दिएको थियो । त्यस बखतपनि सर्वोच्च कै आदेशले उनको नियुक्ती बदर भै कुवरलाई प्रधानाध्यापकमा कायम गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *