बिप्लव कम्युनिष्ट पार्टीको नेपाल बन्दको पूर्व सन्ध्यामा जिल्ला ईन्चार्ज विकिरण सहित २ नेता पक्राउ !

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख २१ । बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि बैशाख २२ गते आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा शुक्रबार साँझ ६ बजेको समयमा बागलुङ ईन्चार्ज बिकिरण क्षेत्री र जिल्ला सदस्य बिधान (सुमित)मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ बजार स्थित पार्टी कार्यालयमा राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले निजहरुलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल कम्युनष्ट पार्टी जिल्ला समिति बागलुङ २०७५बैशाख २० गते एक विज्ञप्ती जारी गर्दै बिभिन्न समयमा पक्राउ परेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको रिहाई र पेट्रोलियम पदार्थको मुल्य कम गर्न माग गर्दै शनिबार नेपाल बन्दको आब्हान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकासद्धारा हस्ताक्षेरित बिज्ञप्तीमा आफ्ना पार्टीका ननेता तथा कार्यकर्ता घरमा बसिरहेको वा पार्टी संगठनमा काम गरिरहेको बेला भेला सम्मेलन गर्दा गिरफ्तार गर्ने बेपत्ता पार्ने यातना दिने र झुटा मुद्दा लगाउने गरेको एबं कञ्जनपुरमा भारतीय एस.एस.वि ले नेपाली भुमिमा अतिक्रमण गर्दा सरकार मौन बस्ने तथा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउदै गर्दा अरुण तेस्रो भारतलाई सुम्पने योजना भएको उल्लेख छ ।

बिज्ञप्तीमा बर्तमान सरकारले भ्रष्टहरु कालाबजारियालाई कारबाही गर्नुको सट्टा उल्टो संरक्षण गर्ने र कृत्रिम अभाव सृजना गरी महंङ्गी बढाउने, पेट्रोलियम पदार्थमा पाच पटक मुल्य बृद्धि गराई सर्वसाधारणको ढाड सेक्ने कार्यलाई प्रश्रय दिएको आरोप लगाईएको छ । राज्यका यस्ता हर्कत बिरुद्ध हाम्रो पार्टी बैशाख २२ गते नेपाल बन्दको आयोजना गरीएकाले सम्पुर्ण जिल्लाबासी देशभक्त प्रगतिशिल बामपन्थि लगायत सम्पुर्ण सर्वसाधारणमा बन्दलाई सफल बनाउनका लागि सहयोग गरिदिन आब्हान गर्दछौ, बिज्ञप्तीमा भनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *