धौलागिरी यातयात बस ब्यबसायी समितिका महासचिब लामिछाने पक्राउ

निर्मल पौडेल, पर्वत २०७५ बैशाख २१ । धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरेको हो । मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए ।

धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन । समितिले संस्थागत बिरोधका लागि आफ्ना गाडी घरमा राखेको बताएका थिए । उनीहरुले समितिका गाडी नचलाएपनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिकृया दिएका थिए । लामिछानेले आफुँलाई घरबाटै पक्राउ गरेको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *