श्रीनगरबाट हराएको बाईक चटपट चोकमा… सुरक्षितरुपमा पार्किङ गर्न प्रहरीको अनुरोध !

बागलुङ २०७५ बैशाख २१ । बागलुङ नगर क्षेत्रमा साना सवारी साधनहरु चोरी हुन थालेका छन् । आजै बिहान मात्र बाईक र स्कूटी हराएको सूचना प्राप्त गरेपछी नगर प्रहरी कार्यालयको टोलीले दुबै सवारी साधनहरु बेबारिसे अवस्थामा अलग अलग स्थनबाट बरामद गरेको छ ।

नगर प्रहरी कार्यालयका प्रमुख प्रनानि उज्वल शर्माका अनुसार बागलुङ नगरपालिका २ श्रीनगरटोलबाट नारायण कार्कीको ग ७ प ५०६७ नम्बरको बाईक र बानपा १ की अन्जू बिकको ध १ प ४९५३ नम्बरको स्कूटी हराएको जानकारी प्राप्त हुँदा साथ खोजतलास गर्दा बाईक बानपा १ रामरेखा चटपट चोक र स्कूटी मरेपिपलमा बेबारिसे अवस्थामा फेला परेपछी सम्वन्धित व्यक्तिलाई बुझाईएको छ ।

यस घटना पछी नगर प्रहरी प्रमुख प्रनानि शर्माले सवारी धनीहरुले सवारी साधनहरु पार्किङ गर्दा राम्रो संग साँचो लगाएर राख्न अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *