एनआरएन युएईको संयोजनमा काठमाडौँमा एक दिने प्राथमिक उपचार तालिम

डिल्ली हुमागाई , युएई २०७५ बैशाख २१ । गैरआबासीय नेपाली संघ युएईको संयोजन तथा महजोङ फाउन्डेसन नेपाल र डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएईको संयुक्त आयोजनामा काठमाण्डाँ सोल्टीमोड स्थित होटेल प्लाटिनममा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। आधारभुत प्राथमिक स्वास्थ्य उपचारका बारेमा जानकारी गराउने उद्धेशले वैशाख १५ गते सञ्चालन गरीएको तालिममा भैपरी आउने आपतकालीन अबस्थामा घाइते बिरामीको प्राथमिक उपचार कसरी गर्ने भन्ने बिषय पशिक्षण दिएको थियो ।

यस्तै समसामयिक १५ वटा शिर्षकमा सैद्धान्तिक ज्ञान र सोहि अन्तर्गत प्रयोगात्मक प्रदर्शनी गरेर सिकाउने व्यवस्था गरिएको तालिममा ५३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

महजोङ फाउन्डेसन नेपालका तर्फबाट डाक्टर रबिन्द्र समीरले मानिसले अपनाउनु पर्ने स्वस्थ्य जीवन शैलीको बारेमा उपयोगी स्वास्थ सल्लाह दिएका थिए भने एनआरएन युएईका केन्द्रिय सदस्य एवम् डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक ओम प्रसाद उप्रेतीले समेत कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा ओम उप्रेती र महाजोङ फाउन्डेसनको सयुक्त लगानी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *