ताराखोला गाउपालिकाका वडा सचिव गौतमको बिदाईमा सबैको आँखा रसाए !

पूर्णभद्र निउरे २०बैशाख ताराखोला ताराखोला गाउपालिका वडा न ४ र ५ ले सयुक्त कार्यक्रमको आयोजना गरि वडा सचिबलाई बिदार्इ गरेको छ । बागलुङ नगरपालिका वडा न ७ स्थायी घर भै २०६८ मंसिर देखि साबिक तारा गाबिसको सचिब संगै वडा न ४ र ५ को सचिबको रुपमा कार्यरत तेजराज गौतम धौलागिरी अञ्चल यातायात ब्यबस्था कार्यालय बागलुङमा सरुवा भए पछि २ वटै वडाले सयुक्त रुपमा खादा र मायाको चिनो सहित भवय बिदाई गरेका छन् ।

बिदाइ कार्यक्रम मा मन्तव्य ब्यक्त गर्ने अधिकांश ब्यक्ताहरुले जनप्रतिनिधि बिहीन अबस्था रहदा सचिब तथा अध्यक्षको कार्यभार सहित तेजराज गौतमले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका थिए । संक्रमणकालीन अबस्थामा पनि उत्कृष्ट कार्य सम्पादन गरि गाबिसलाई कुशल नेतृत्व प्रदन गरेको भन्दै सचिब गौतमको खुलेर प्रशंसा गरिएको थियो । कार्यक्रममा ने क पा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर बि क, ताराखोला गाउपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश के सी, नेपाली काङ्ग्रेस का कलाधर सुवेदी दुर्गा भवानी मा बि का प्र अ टेक बहादुर घर्ती , वास संयोजक भिमा रोका, ताराखोला स्वास्थ चौकी प्रमुख लक्ष्मण कडेल लगायतले बिदार्इ मन्तव्य राखेका थिए भने सचिव गौतमले ताराखोलामा रहदा बस्दा र कामकाजको शिलशिलामा भोगेका अनुभवहरु ब्यक्त गरेका थिए । कार्यक्रममा वडा न ४ र ५ का विभिन्न राजनीतिक दलका प्रतिनिधि , बिद्यालय, संघ सस्था , विभिन्न संजाल हरु र आमासमुह तथा स्थानीय हरु को उल्लेख उपस्तिथि रहेको थियो।

बिदार्इको क्रममा ब्यक्त गरिएका अभिव्यक्तिले सबैलाई भाबुक बनाउदै सबैका आँखा रसाएका थिए । कार्यक्रम वडा न ५ का वडाध्यक्ष राम बहादुर रोकाको अध्यक्षता वडा न ४ का अध्यक्ष जित बहादुर खत्री को स्वागत र सन्चारकर्मी पूर्णभद्र निउरेको संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *