जिल्लाको विकासमा आफुले सक्दो प्रयास गर्ने सांसद छन्त्यालको प्रतिवद्धता

बागलुङ २०७५ बैशाख १९ । प्रतिनिधि सभाका सदस्य ज्ञानकुमारी छन्त्यालले जिल्लाको विकासको लागि आफुले सक्दो पहल गर्दै अगाडि बढने बताएकी छन् । नेपाली काग्रेस बागलुङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद छन्त्याले स्थानीय, जिल्ला हुदै देशको चौतर्फी विकास गर्न आफनो प्रयास रहने उनको भनाई थियो ।

सबैको सहयोगबाट विकास सभ्भव छ, छन्त्यालले भनिन् अव विकास विना जिल्ला अपुर्ण हुन्छ । उनले आ आफनो क्षेत्रबाट जुटन सके सबै क्षेत्रले फडको मार्ने समेत बताईन् ।

उनले तिन तहको निर्वाचनमा नेपाली काग्रेसले विजयी हुन नसकेको अवस्थामा अव गाउ गाउबाट सक्रियताका साथ जुट्नु पर्ने बताईन् । राजनैतिमा विजय एवं पराजय स्वभाविक हुने भएकोले अव नेपाली काग्रेस नया ढङगंबाट अगाडि बढने उनको भनाई थियो ।

कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, पुवुसैनिक सघंका अध्यक्ष क्याप्टेन हरिबहादुर रोका लगाएतले बोलेका थिए ।

जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता र कोषाध्यक्ष उमेश गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *